पिडा हरु बल्झी रह्यो मैले सेक्दा सेक्दै
टप्प झर्यो आशु किन गीत लेख्दा लेख्दै ||
आफ्नै ठाने तिमी लाई मुटु भित्र राखी
झर्यो फुल मेरै सामु मैले देख्दा देख्दै ||
राखे कुरा मनै भित्र गल्ती भयो यही
बन्द गर्यौ ढोका मैले दैलो टेक्दा टेक्दै ||
राखे मैले पिर ब्यथा पोको पारी कतै
फुट्यो बाध आझ किन मैले छेक्दा छेक्दै ||
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment