Pages

Sunday, October 03, 2010

खुशी हरु समालेर फर्कदै छु म
दु:ख सँग पर पर तर्कदै छु म ||

आझ भोली हतियार बोल्दैछ यहाँ
थुर थुर गोली सँग थर्कदै छु म ||

पोल्छ मुटु बेदनाको रापले मेरो
भित्र भित्रै खोक्रो भइ चर्कदै छु म ||

थाकी सके गरीबिको जाँतो पिस्दै म
आँफै देखी आँफै सँग झर्किदै छु म ||

      जीतु खड्का
       मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: