Pages

Sunday, December 19, 2010

मैले

निन्द्रा लागे सपनिमा देख्थे होला मैले
बन्द गरी परेलि'मै छेक्थे होला मैले |१|

सारा खुशी त्यागी दिन्छु साथ तिम्रो पाए
आफ्नै जिउ बन्दगिमा लेख्थे होला मैले |२|

अझै पनि मुर्छा पर्छु सम्झी रुप तिम्रो
दुख्दा घाऊ मलम'भै सेक्थे होला मैले |३|

माग तिमी पुरा गर्छु चाह हरु तिम्रो
आफ्नै खुशी पैतलाले टेक्थे होला मैले |४|

खुशी हुन्छु म'त तेसै तिमी हाँसी दिए
दु:ख माथि दु:खै पनि खेप्थे होला मैले |५|

जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: