Pages

Saturday, December 25, 2010

गयौ

हाँसो सँगै तिमीले आँशु पनि पिलाएर गयौ
छिया छिया भएको मुटु मेरो सिलाएर गयौ |१|


थियो इच्छा चाहना आँखा भित्र सजाएर राख्ने
हेर्दा हेर्दै नजर बाट तिमी बिलाएर गयौ |२|

तड्पी बसे छट्पटिएर आफ्नै गुमाएर खुशी
लुटिएको सारा खुशी तिमीले दिलाएर गयौ |३|

आफ्नै ठानी मनको कुरा मैले तिमी सामु राखे
ठान्यौ होला पराइ हात मात्र मिलाएर गयौ |४|

जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: