Pages

Saturday, December 25, 2010

किन किन

हिजो आझ किन किन लगन गाँठो कसौ कसौ लाग्छ
उनी सामु हुँदा आँफै नयन भित्रै बसौ बसौ लाग्छ |१|

कहाँ देखु कहाँ हुन्छ मलाई मोहनीले तान्यो क्यारे
माछा सरी जाल भित्रै मलाई आँफै फसौ फसौ लाग्छ |२|

उनी धर्ती आफु तारा मिलन हाम्रो कहिले हुने हो
उनी भेट्न  तारा बनी धर्तिमा आँफै खसौ खसौ लाग्छ |३|

उनी बिना नागमणी झरेको नाग जस्तै हुन्छु होला
मायाको त्यो बिस छर्दै नागिन सरी डसौ डसौ लाग्छ |४|


जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: