शान्तीको ध्वनी छोप्यौ तिमीले |१|
सिउदो पुछ्यौ आफ्नै चेलीको
खुनको खोला पोख्यौ तिमीले |२|
बिमारी दु:खी बोक्छु भन्थेउ
सामन्ती लाई बोक्यौ तिमीले |३|
देशको सत्रु चिन्छु भन्थेउ
आफन्त लाई ठोक्यौ तिमीले |४|
इमान बेच्ने तिम्रो तराजु
शहिद लाई जोख्यौ तिमीले |५|
क्रान्तिको बिज रोप्यौ तिमीले
शान्तीको ध्वनी छोप्यौ तिमीले
जीत बहादुर खड्का (जीतु खड्का )
मोरङ उर्लाबारी हाल बालुवाटार
साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu

0 सुझाबहरु:
Post a Comment