Pages

Thursday, January 06, 2011

तिमी

मेरो दु:खमा ढोल पिट्छौ पिट्दै गर तिमी
मेरै भागमा बिस छिट्छौ छिट्दै गर तिमी|१|


मेरो पाइला लक्ष्य छेउ पुग्नै लाग्दा आज 

किन रिसले दार्हा किट्छौ किट्दै गर तिमी|२|

कस्तो ब्यापार रैछ तिम्रो बेची हिन्छौ माया
पाए फाईदा आँफै बिक्छौ बिक्दै गर तिमी |३|

कस्तो नाटक साथ दिन्छौ भरी हुँदा गोजी
पर्दा आपत हात झिक्छौ झिक्दै गर तिमी |४|

जीतु खड्का
मोरङ उर्लाबारी
९ सालबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: