Pages

Thursday, January 06, 2011

झुकाउछौ किन ?

ठाडो त्यो  शिर झुकाउछौ किन ?                                       
आफुलाई त्यसै  चुकाउछौ किन ?

सकेनौ क्यारे मायालाई बुझ्न  
 ब्यार्थैमा  मन  दुखाउछौ  किन ?

असत्य तिमी अंगालेर बस्छौ
सत्यतालाई   लुकाउछौ  किन ?

नहुनु थियो  भइसक्यो फेरी
रोएर घाटि  सुकाउछौ  किन ?



रिमा सापकोटा
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: