Pages

Wednesday, January 26, 2011

लाल सलाम तिमीलाई

आगोको भुङ्रो भए म राप्पी रहेछु अझै
बर्षाको भेल भए म थाप्पी रहेछु अझै |१|

बाध्यता    थियो   सहनु   पर्ने   याताना    हरु
सामन्तीको जंजीर भित्र च्याप्पी रहेछु अझै |२|

बारुध   माथि   बसेर   किन   सलाई कोर्छौ
दन्किएको ज्वाला भए म तात्ती रहेछु अझै |३|

पिलायौ जाम तिमीले तोकी शिरको मुल्य
बिद्रोहको   नशा   भित्र मात्ती रहेछु अझै |४| 

चहाना हाम्रो शान्ती नै'हो युद्ध बिचारको
कहिले शान्ती आउँला?आत्ती रहेछु अझै |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: