आफ्ना सत्रु अब म आँफै चिन्न सक्ने भा'छु आमा|१|
दु:ख सँग लडाईं लड्दा ढुङ्गा भा'छ मुटु मेरो
बैरी लाई घुन झै एक्लै पिन्न सक्ने भा'छु आमा |२|
कती छोप्छौ मेरो यो आङ तिमी मागी जुँगी गरी
मेरो लास छोप्ने त्यो कात्रो किन्न सक्ने भा'छु आमा |३|
पोखें मैले पसिना अन्न दाना छैन ढिकुटिमा
सामन्तीको बाँझो त्यो खेत छिन्न सक्ने भा'छु आमा |४|
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu

0 सुझाबहरु:
Post a Comment