Pages

Saturday, January 15, 2011

मोरिले

लौ हेर यही उमेरमा नक्कल गर्न थाले मोरिले
ई सुन्दरी बरालिएको यो मन हर्न थाले मोरिले |१|

दिउसै डिस्को धाउछन रे कती सम्म आंट कालीको
खै छैन लाज शर्म उल्टै आँखा पो तर्न थाले मोरिले |२|

उफ्फ लौ आँखा सन्काइ दिए कालो त्यो केस झटारेर
भुतुक्कै भो सारा कती मर्न कती डर्न थाले मोरिले |३|

दुनिया तिमी होसियार चनाखो बस के-के गर्छन
फिजाइ माँया जाल यहाँ चारो पो छर्न लागे मोरिले |४|

जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: