Pages

Saturday, January 15, 2011

गरिबीमा

आफ्नै झुप्रो बनाउदै ठीक्क भयो गरिबीमा
आफ्नो लुतो कनाउदै ठीक्क भयो गरिबीमा |१|


आफ्नै खुट्टो थर्काएर कहिले'पो टेक्नु होला
भारी नाम्लो समाउदै ठीक्क भयो गरिबीमा |२|

पेट पाल्नै नसकिने दस नंग्रा खियाए'नी
दाल भात जमाउदै ठीक्क भयो गरिबीमा |३|

पाखो बारी धितो राखी छिरे म'नी प्रदेशमा
साँऊ ब्याज थमाउदै ठीक्क भयो गरिबीमा |४|


जीतु खड्का (जीतु के सि अभागी गाँउले भाई )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: