Pages

Thursday, July 28, 2011

3 रुवाई /मुक्तक


धुप मानेर जलाईदियौ जली रहे ।
दिलमा आगो सल्काइदियौँ बली रहे  ।
किन यसरी पराइ हुन्छौँ कालु ।
तिमी आउँने  बाटो हेरी गली गरे  !!!

शिथिल भो पाइला,रोकिए चाहना ।
एक्लो हुँदै जिउँन खोज्नु छ बहना ।
दया गर्नु नगरे पनि माया निरुलाई ।
पोख्दैछु कस्ले पो सुन्छन मेरो भावना । ।


सुन्दर एउटा नेपाल मेरो देश छ ।
ढाका टोपी सुहाउँने प्यारो भेष छ ।
गर्नु गर्यौँ कु-पूत्र नेता तिमीहरुले ।
सकियो सबै अब नाम मात्रै शेष छ ।

निराजन प्रभात 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: