Pages

Friday, July 22, 2011

गजल

यो गजल कोर्न हौसला दिनु हुने श्याम जंग खत्री लाइ हार्दिक धन्यबाद

पसिनाको खोला रै'छ गरीबको जिन्दगानी
रित्तिएको झोला रै'छ गरीबको जिन्दगानी ||


आङ छोप्ने धरो छैन जोती खाने गर्हो छैन
भोकै मर्ने चोला रै'छ गरीबको जिन्दगानी ||


तप्प तप्प शित चुदा सिरेटोले टाउको दुख्छ
मुटु घोच्ने सोला रै'छ गरीबको जिन्दगानी ||

शिर छोप्ने छानो छैन साँझ खाने मानो छैन
ग्यास्टिक अनी गोला रै'छ गरीबको जिन्दगानी ||


जीतु खड्का (गाउले)
मोरङ उर्लाबारी
हाल साउदी अरब





मलाई आश्वासन हैन खाना देउ
मलाई ममता हैन नाना देउ ||

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: