Pages

Thursday, December 01, 2011

गजल (घायलको तरही मुसायरा २५ बाट )

बन्द मात्र सधैं यहाँ पढाइ के हुन्छ र ?
आफ्नै देश आफ्नै छाप्रो डढाइ के हुन्छ र ?

सक्छौ भने आँफै गर नगर भो इर्श्या त 
दोष मात्र दिदै औंला ठढाइ के हुन्छ र ?


नमानौ त रितीरिवाज समाजले भन्ला के 
जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?

जम्नु थियो नेपालमै अधुरो भो सपना 
खाडी भित्र आफ्नो ज्यानै सडाइ के हुन्छ र ?

शन्ती खोज्छौ कम्मरमा त्यो खुकुरी भिरेर 
मुर्ख  सँग बिचारको लडाईं के हुन्छ र ? 

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: