Pages

Wednesday, February 08, 2012

गजल

बुलबुल मा सुने नौलो काफिया मन पर्यो लेख्न मिल्छ भनेको जत्ति मिल्छ भन्ने आवाज सुनेर कोरेको मैले पनि 

डाक्टरले भन्दै छ धामीको त्यो ढ्यांग्रो गलत छ
भमराले भन्दै छ पुतली र फट्याङ्रो गलत छ !!

हतियारको होड्बाजी चलेको छ यहा अचेल त 
बन्दुकले भन्दै छ गुलेली र मट्याङ्रो गलत छ !!

लेखको त्यो खर्क त हानाथाप हुदै गएको छ
त्यो चौरिले भन्दै छ यो भेडा र च्याङ्रो गलत छ!!


जङलको राज हो आफु बाँच्न अरु मार्नै पर्ने 
लुते स्याल भन्दै छ बलियो र बाङो गलत छ !!

समयको माग् होला अर्धनग्न हिन्छे काली पनि 
समाजले भन्दै छ फेसन र नाङ्गो गलत छ||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: