छन्द झ्याउरे
सम्रचना 3+2+3+2+3+3=16
रचेर आए गजल नयाँ मानेर जुहार
मुहार खिन्न नजर भिन्न भएन अपार !!
भिरको चिन्डो उधो न उभो भएर बस्या छु
कुइएर आँफै म झर्छु होला घोचेर नझार!!
हत्या र हिम्सा बढेर गयो रोकेन कसैले
स्वतन्त्र बनी जिबन जिउने रहेन आधार!!
बाँचुला भन्थे पसिना पोखी खेत र बारीमा
पाखो छ बारी रुखो भो माटो भुत्ते भो औजार !!
बचाइ राख्या इज्जत मेरो सकिन जोगाउन
अस्मिता लुटे आफ्नैले मेरो रहिन कुमार!!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment