घरी घरी चोट खप्दा अचानो झै भएको छु
आँफै सँग टाडा हुँदै बिरानो झै भएको छु !!
आँशु भित्र बगी सके चुर्लुम्मै छु बेदनामा
सुकाएर अश्रुधारा ओभानो झै भएको छु!!
हुतीहारा समाजको मतीमारा मान्छे म त
बेगारी ति फलानो र चिलानो झै भएको छु!!
अब्जसे भो कर्मै मेरो दोष खेप्ने मेरै थाप्लो
दुनियाँको नजरमा अखानो झै भएको छु !!
सक्दिन म उम्रन त नपचेर ढुकुरले
डाली बाट बिस्टाएको त्यो दानो झै भएको छु!!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment