Pages

Friday, July 31, 2015

गजल

जती बेला सदनभित्र संबिधानको कुरा चल्छ 
आफै हुने बिराजमान सिंहसानको कुरा चल्छ!!

कसरी म पत्याउँ देश सिंगापुर बन्छ भन्दा 
देशको बजेट तय हुदा अनुदानको कुरा चल्छ!!

बाहुन बाजे सामन्ती हुन् यै कारणले भन्या रैछ 
जाहान पाल्न उस्को घरमा जजमानको कुरा चल्छ!!



लिंडे पुच्छर देखाउदै हनुमान हुँ भन्छ वानर 
जब जब राजनीतिमा पहिचानको कुरा चल्छ !!

त्यती बेला मेरी प्यारी भकानिदै रुने गर्छिन 
जती बेला मेरो घरमा मुग्लानको कुरा चल्छ !!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: