चौतारोमा भेटिने साथी इन्टरनेटमा भेटिन्छन् रे||
चाइनालाई धन्यवाद छ सस्तो माल बनाएकोमा
हाइरेटका सामानहरु कम रेटमा भेटिन्छन् रे !!
जवानीलाई पेसा ठान्ने कलीयुगका दौपतीहरु
रत्नपार्कमा भेटिन्छन् रे सहिदगेटमा भेटिन्छन् रे!!
कती पापी हुँदा रैछन् निर्दयी ती आमाहरु
नवजात शिशु पनी ट्वाइलेटमा भेटिन्छन् रे!!
हजार पल्ट सोचेर मात्र प्रेम गर्नुस् भन्छ गाँउले
अचेल त प्रेमीका नि डुब्लिकेटमा भेटिन्छन् रे!!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment