Pages

Monday, December 16, 2013

सबैले एक पल्ट पढ्नै पर्ने गजल

गजल
न खेलाडी न खेल भँए र पो गजलकार भँए 
पाँच कक्षामा फेल भँए र पो गजलकार भँए!! 

जुनेलीको जून तिमी उजेलीको घाम तिमी 
घाम हुँदै ओझेल भँए र पो गजलकार भँए
पाँच कक्षामा फेल भँए र पो गजलकार भँए!!

बार्हखरी जानेकै थे हस्व दीर्घ किन सिक्नु?
शब्दको नै रखेल भँए र पो गजलकार भँए 
पाँच कक्षामा फेल भँए र पो गजलकार भँए!!

अहमताको कुम्लो भिरी साहित्यमा छिरे देखी 
जँगली त्यो बँदेल भँए र पो गजलकार भँए!!
पाँच कक्षामा फेल भँए र पो गजलकार भँए!!

श्रीमतीले गाली गर्छे सुक्को कमाइ छैन भन्दै 
न नुन न तेल भँए र पो गजलकार भँए!!
पाँच कक्षामा फेल भँए र पो गजलकार भँए!!

जीतु खड्का गाउँले 

मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: