Pages

Monday, December 16, 2013

केही रमाइला मुक्तक हरु


तेरो घरमा दसा पसोस साढे सातको पसोस 
धामी झाँक्रीले नझार्ने उखपातको पसोस!
मेरो कुभलो जस्ले चिताउछ यसरी नै सराप्छु 
हग्न बस्दा काठ पसोस बार्ह हातको पसोस !!

बोतल भित्र मदिरा देख्छु 
मदिरा भित्र सकिरा देख्छु !
पिएर रक्सी रित्तिदा खल्ती 
गुमेको आफ्नो हाँजिरा देख्छु!!

जून घाम जस्तै देख्छु छर्लङ देख्छु 
ठिङरिङ्ग उभ्भिन्छौ सर्लङ देख्छु !
तिम्रो मन सार्है सफा रहेछ कान्छी 
गुन्द्रुकको झोल जस्तै तर्लङ देख्छु!!


म कहिले रुवाउछु अनी कहिले हँसाउछु 
मेरा सारा दुख सुख हजुरलाइ बताउछु !
उ मलाइ पागल ठान्छ किन की उ अक्षम छ 
जब उस्का सारा गल्ति निहालेर देखाउछु !!

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: