Pages

Saturday, April 26, 2014

गजल

उज्यालोमा गिज्याउन प्रभात फेरि आयो!
अँध्यारोमा को को रोए आँशु हेरि आयो!!

यो देशमा जन्मदिने आमा निर्दयी हुन 
ऊ जन्मिदै टाउकोभरी ऋण बेरी आयो!!

गाँस वास कपासले छट्पटिदा जनता 
मसाल बोकी कर्णाली र राप्ती भेरी आयो!!

कानभरी तेल हाल्दै निदा सरकार निदा 
यो मंहगी अपच भै घाँटी नेरी आयो!!

अभावले जलाएरै जिउदै मार्न होला 
राँको बोकी गाउँलेकै झुप्रो घेरी आयो!!

जीतु खड्का 'गाउँले'
मोरङ उर्लाबारी 
हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: