Pages

Saturday, May 17, 2014

गजल

कसैले  त  दियो चोट  नत्र घाऊ बल्झिन्छ  र 
नदुखेको भए मुटु  आँशु त्यसै बर्सिन्छ  छ ?

तिम्रो भाले नबासे नि उज्यालो त हुन्छ भोली 
सुर्यलाई हत्केलाले छेकी कहाँ छेकिन्छ र ?

सुन्दैन यो सरकारले नगर भो बन्द हड्ताल 
मुर्दालाइ  बिउँझाएर केही कुरा सोधिन्छ र ?

यता बाट फूल हान्दा उताबाट इटा आँउछन् 
यसरी नै बाँच्न खोजे कतिन्जेल बाँचिन्छ र? 

नजन्मिदै निधारमा लेख्या तेरो भाग्य गाउँले 
हत्केलाको रेखा मेट्दै भाग्य कहाँ मेटिन्छ र?


जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: