Pages

Saturday, April 26, 2014

गजल

सामुन्नेमा उभ्भिएका अभावहरू उस्तै छन 
डटी लड्ने चुनौती र दबाबहरू उस्तै छन !!

खान नपाएरै उस्ले आँत्माहत्या गर्‍यो अरे 
उस्का  जस्तै मेरा पनि तनावहरू उस्तै छन!!

नाजुक छ अर्थतन्त्र आयभन्दा ब्यय धेरै 
फर्सोट हुन बाँकी मेरा हिसाबहरू उस्तै छन !!

मुहारमा मुखुण्डो छ कसरी म चिन्न सक्थे 
असलहरू उस्तै छन खराबहरू उस्तै छन !!

हलो जोत्दा  सिता जन्मे  किन गर्नु बिहे मैले ?
धर्मशास्त्र सिकाउने ती किताबहरू उस्तै छन !! 

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: