Pages

Monday, August 25, 2014

गजल

यि हातका चुरा फुट्या हिजै जस्तो लाग्छ
र गलाको पोते लुछ्या हिजै जस्तो लाग्छ !!

बिर्द्रोहको आगो तिम्ले सल्काएर गयौ
त्यै आगोले मुटु जल्या हिजै जस्तो लाग्छ!!

भोग्नेलाई थाहा हुन्छ प्रसवको पीडा
दस बर्ष सम्म भोग्या हिजै जस्तो लाग्छ!!


सहिदको उपमा दिइ बिर्स भन्दै गयौ
गोली लागी स्वामी लड्या हिजै जस्तो लाग्छ !!

बल्झिन्छ भो नकोट्याउ अतीतको खाटो
मुटु भित्र फोका उठ्या हिजै जस्तो लाग्छ!!


जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: