Pages

Monday, August 25, 2014

गजल


एउटा फूल चढाए'थे भगवानको निम्ती
मेरो धर्म मेरो आस्था पहिचानको निम्ती!!

युगौ देखी मेरा बा ले भारि बोक्दै हिडे
लाला बाला हुर्काउन खानपानको निम्ती!!

राज्य हैन यो सरकार संग माग मेरो
दुइगज माटो बचोस चिहानको निम्ती!!


 विद्वान की मुर्ख ठानौ तिमीलाई अब
आफ्नै घर जलाएछौ मतानको निम्ती!!

जून टिपेको आरोपमा बोलाइयो मलाइ
अदालतमा हाँजिर हुन बयानको निम्ती !!
 
जीतु खड्का गाउले
 मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: