Pages

Monday, September 08, 2014

गजल

पाप पुण्य जिन्दगीको समिक्षा हो यार 
बाँच्नु पनी एउटा अग्नी परिक्षा हो यार!! 

कुरितिका जालोहरु नहट्नुको कारण 
समाजमा बिद्यमान अशिक्षा हो यार !!

तिमी उस्को प्रतिक्षामा रहे जस्तै मैले 
जिउनुको अर्थ मृत्‍युको प्रतीक्षा हो यार!!

नेता ज्युले जातभातको आगो सल्काए नी 
नयाँ नेपाल बनाउने सदिच्छा हो यार!!

अभाबमा पिल्सिएर आँत्मा हत्या गर्‍यो 
मृत्‍यु वरण गर्ने उस्को स्वइच्छा हो यार!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: