Pages

Monday, September 08, 2014

गजल

ए आँशुका खोलीहरु नसुसाउ बिन्ती 
दिल यसै दुखेको छ नदुखाउ बिन्ती !!

जतीदिन्छौ देउ चोट छाती थापी दिउला 
मेरा इनै सम्पत्ति हुन् नघटाऊ बिन्ती !!

दिलै खोली मागे हुन्छ हिच्किचाउनु किन?
शिरै काटी सुम्पी दिउला नलजाउ बिन्ती !!

निदाउन चाहन्छु म रातै रहोस् संधै 
ज्योती छर्दै सुर्य तिमी नउदाउ बिन्ती!!

आफ्नै छाँया पराइ भो सुन जुनतारा 
गुनासो छ गर्नु पर्ने नबिलाउ बिन्ती !!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: