Pages

Monday, September 08, 2014

रमाइलो गजल

गुन्द्रुकमा झोल हाल्थ्यौ पार्थ्यौ तर्ल्याङ तुर्लुङ 
बुढा बुढी बस्थ्यौ अनी खान्थ्यौ सर्ल्याङ सुर्लुङ!!

बार्ह बर्ष पछी बुडो प्रदेश बाट फर्कीएर आउँदा 
बुडेसकालमा तम्सी बुढी लडी गर्ल्याङ गुर्लुङ !!

लिस्नो बाट लडेकी थि कठैबरा त्यो बिचरा
कठै बरा! बुडो हड्डी हल्ले हर्ल्याङ हुर्लुङ !!

आनो मानो घिउ खाकी कहाँ घट्थ्यो तागत
अझै पनि फत्र्याङ फुत्रुङ कुद्छे बर्ल्याङ बुर्लुङ!!

अभाबको पहाड चड्दै चाउरिएछ निधार
कठै बुढो ज्यान सुकेर भयो खर्ल्यांग खुर्लुंग !!


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: