Pages

Monday, September 08, 2014

गजल ( सरकारलाइ बधाई दिनुस् )

कार्यकाल बित्यो साल सरकारलाइ बधाईदिनुस् 
जागे देखी केहि गर्थ्यो लौन हजुर जगाईदिनुस् 

हिजडाको मन्त्रिमण्डल गठन् गर्यो सरकारले
सोर्ह शृंगार पठाईदिनुस् चुराधागो पठाईदिनुस्!!














तपाईका सन्तान पनी सरकारमा पुग्छन् भोली
औठाछाप नबनाउनुस् पढाई दिनुस् लेखाइदिनुस्!!


भूगोलको नक्सा भित्र नभेटिएला भोली नेपाल?
घरघर बाट एउटा छोरा सिमानामा खटाइदिनुस्!!

देशबाट यो गरिवी हटाउने नै भए सरकार
दया गरी गाउँलेका झुप्राहरु जलाईदिनुस् !! 


जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: