Pages

Monday, February 18, 2019

गजल

कहिले काँहि भेटे काफी हरदम चाँइदैन 
रक्सी भए पुग्छ हजुर रम चाँइदैन !!

पिउनेहरुको बाहाना हो च्यालेन्ज गर्यो भन्ने 
सरावीलाई च्यालेन्ज गर्न मौसम चाँइदैन!!

ठुलो मान्छे बन्नु अघि मान्छे बन्नु छोरा 
तेरो बालाई प्रमाण पत्र प्रथम चाँइदैन!!

अलिक बेसी पिउँछु आज दुखेको छ दिल 
पर लैजाऊ ओखती र मल्हम चाँइदैन !!

एउटा आँखा आँशू पोख्छ अर्को त्यसै डुब्छ
वेदनामा डुब्न यिनलाई संगम चाँइदैन !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: