Pages

Monday, February 18, 2019

गजल

ठुला या स-साना धेरै छन् म सँग 
दु:खका खजाना धेरै छन् म सँग!!

कहाँ खोज्छौ ? प्रिये हराएँ भने म 
जोगी हुँ ठेगाना धेरै छन् म सँग!!

भयो घुर्की नलाउ गए हुन्छ जाउ
जिउने बाहाना धेरै छन् म सँग!!

बोकी नुन घाऊ खोताल्न नआउ 
नयाँ र पुराना धेरै छन् म सँग!!

सक्दैनौ भो बुझ्न पढेर यो जीवन 
च्यातिएका पाना धेरै छन् म सँग !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: