जती बोल्न खोज्छु आवाज किन रोकिन्छ यहाँ
जती हिंड्न खोज्छु पाइला किन ठोकिन्छ यहाँ |१|
जती पोख्छु माँया हृदय खोली पारेर रित्तो
तुलो भित्र हाली ममता किन जोखिन्छ यहाँ |२|
जती राख्न खोज्छु लुकाइ आँशु परेली भित्रै
ढिक्का बनी आँशु छल्केर किन पोखिन्छ यहाँ |३|
बुझ्नै गार्हो पर्यो मलाई सोची रहेछु अझै
बाँधी कात्रो लाश पिल्साइ किन बोकिन्छ यहाँ |४|
*****************************************
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment