Pages

Thursday, February 03, 2011

गजल

बंन्द गरी मनको दैलो बास माग्दै छु'म आज
आफ्नै प्राण हत्या गरी लास माग्दै छु'म आज |१|


आफ्नै संम्झी सुम्पी दिए मनका सारा  खुशी हरु
मनको भाँडो रित्तो पारी गाँस माग्दै छु'म आज|२|


दुख्छ छाती देब्रे पाटो सास फेरु कसरी म ?
आफ्नै मुटु भिक्षा दिई सास माग्दै छु'म आज|३|


म'त यसै मरी सके ढुकढुकी मै चलेको छ
कात्रो बेर्ने एउटै मात्र बाँस माग्दै छु'म आज |४|


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: