Pages

Thursday, February 03, 2011

गजल

फुलमा भन्दा पातमा रमाउछौ रे तिमी
दिनमा भन्दा रातमा रमाउछौ रे तिमी ||

भावना माँया त एक  खेलौना नै भयो
माँयामा भन्दा जातमा रमाउछौ रे तिमी ||

चाहाना तिम्रो कस्तो कुन्नी मृर्गतिस्णा जस्तै
साथमा भन्दा काखमा रमाउछौ रे तिमी ||

तर्पण दियौ रिती रिवाज सबै जलायौ
घरमा भन्दा घाटमा रमाउछौ रे तिमी|| 

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: