Pages

Thursday, February 03, 2011

गजल (गोरेटोमा)

घरी घरी वारीपारी जिन्दगीको गोरेटोमा
नर नारी बराबरी जिन्दगीको गोरेटोमा |१|




यात्रा काँहा सजिलो छ जाली रै'छ जमना नै

काँडा घारी सिस्नुबारी जिन्दगीको गोरेटोमा |२|


भरोषामा अल्झेको छ संम्बन्धको डोरो सबै
सरा बरी बफादारी जिन्दगीको गोरेटोमा |३|

लेख्या जती भोग्नै पर्ने दु:ख सुख बाध्यतामा
नाना थरी कठै बरी जिन्दगीको गोरेटोमा |४|

महङ्गीले डाँडा काट्दा चुलो बल्छ जसो तसो
मरी तरी चल्छ गाडी जिन्दगीको गोरेटोमा |५|

घरी घरी वारीपारी जिन्दगिको गोरेटोमा
नर नारी बराबरी जिन्दगिको गोरेटोमा

जीतु खड्का (गाँउले )
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: