मरी जाने मनु चोला गरौ धर्म अलिकती |१|
छोपी देउ लाज लाग्ने शरीरका अङहरु
किन हिन्छौ अर्धनग्न गर शर्म अलिकती |२|
किन तान्छौ खुट्टो मेरो मर्दा पर्दा छिमेकी हुँ
आँठो पाँजो खेतालामा गरौ पर्म अलिकती |३|
थपी थपी चोट दिन्छौ आउछ घाऊ बल्झिएर
चोट लागे झर्छ आँशु बुझौ मर्म अलिकती |४|
जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment