Pages

Tuesday, April 24, 2012

गजल २७

उभो छ भिर उधो छ तिर चढु कि झरु म
आँखामा आँशु मुटुमा पिर बाँचु कि मरु म!!

बल्दै छ आगो यो छाती भित्र अतित सल्केर
दन्कदै गयो निभेको आगो कसो पो गरु म !!

विश्वाश अब रहेन यहाँ जालीकै संसार
आफ्नैले छुरा रोपेर गए कस्को भर परु म !!

भिजेका मेरा परेली हरु भएन ओभानो
उर्लदै आए आँशुका छाल कसरी तरु म !!


भोग्नु नै पर्ने रहेछ यहाँ कर्ममा लेखेको
दुखिया कर्म बोकेर बसाइ कता पो सरु म!!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: