Pages

Sunday, July 21, 2013

गजल

हजारमा एक त्यस्तो अनुपम छौ तिमी 
मुटु भित्र ढुकढुकीमा हरदम छौ तिमी |१| 

कसरी म बयान गरौ आदर्शता तिम्रो 
आधुनिक र प्राचिनको समागम छौ तिमी|२|

तिमीसँग दाँज्छु जब फिक्का लाग्छ जून 
सौन्दर्यता भरीपूर्ण मनोरम छौ तिमी|३|


जब साथ हुन्छौ तिमी यस्तो लाग्छ किन 
मेरै साथ मेरै पास जनम जनम छौ तिमी|४|

यथार्थको पाटो भिन्दै कल्पनाको भिन्दै 
हरपल सम्झनामा कमसेकम छौ तिमी|५|

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish