Pages

Thursday, June 02, 2011

घ्यालको तरहि मुसरया बाट

बेची खायौ रातो पास्पोर्ट झुन्डिएर मर नेता
गर्न केही सक्ने छैनौ सदन बाट झर नेता ||


लेख्न लाई जान्नु पर्छ सबै औठा छाप भए
उल्टो हेर्छौ पत्रीका त अब सुल्टो गर नेता ||


झुक्याएर झुक्किदैन हामी सबै बाठा भयौ
संबिधान लेख्ने मिती किन सार्छौ पर नेता ||

एक बर्ष थपी दियौ अझै थप्नु पर्ने भयो ?
अब तिम्रो खैरो छैन मेची खोला तर नेता ||


कै'ले माले कै'ले झाले भर्यौ सबले आफ्नो भुँडी
बाँडी चुडी कती खायौ खाए जती भर नेता ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

1 सुझाबहरु:

Unknown said...

'घायलको तरही मुसायरा'भनेर लेख्नु भए धेरै राम्रो हुनेथियो कि ! यसरि अर्थको अनर्थ हुने गरि लेख्नुको के अर्थ रहन्छ होला र? र तरही मुसायराको नियम अनुसार गर्नु होला धन्यवाद !