गाँउ भित्रै लुकेको छु नखोज भो शहरमा
काफियामै चुकेको छु नसोध भो बहरमा !!
सक्दिन म पुरा गर्न चाह हरु तिम्रा सबै
समयले दुखेको छु नरोज भो रहरमा !!
नजर तिम्रो दोषी रैछ थे न दोष मेरो कतै
अमृत भित्र सुकेको छु नचोब भो जहरमा !!
दोषी भए ज्यानै लेउ नघोच भो घरी घरी
तिम्रै सामु झुकेको छु नघोच भो पहरमा !!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment