गरीबीको भुमरीमा चेपिएको मान्छे म त
छुवाछुद समाजमा हेपिएको मान्छे म त |१|
छैन मुल्य पसिनाको बेचेकै छु श्रम अझै
करारमा मुल्य तोकी बेचिएको मान्छे म त |२|
झुल्किएन घाम अझै काम्दै बसें सिरेटोमा
बाध्यताको ओस भित्र सेपिएको मान्छे म त |३|
छैन मेरो पहिचान अस्तित्व छ धरापमा
सुन माथि फलामले लेपिएको मान्छे म त |४|
नफुल्ने भो खुशी मेरो कोपिला मै निमोठीए
खुशीका ति मुना हरु टेकिएको मान्छे म त |५|
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment