Pages

Tuesday, April 24, 2012

गजल २९

कोरेर सलाई संस्कृती जलाए
फोरेर मलाइ आकृती ढलाए !!

बिदेशी संस्कार अंगाली रमाए
रोपेर भलाइ बिकृती फलाए !!

नेपाली माटोमा बिदेशी चलन
मागेर भए नि स्वीकृती चलाए !!

कालो छ आकाश धुँवा र धुलोले
प्रदुसण छरेर प्रकृती गलाए!!

चुकेछ निसाना ताकेर लाएको
मै माथी आएको चुनौती छलाए !!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: