Pages

Tuesday, April 24, 2012

गजल ३१

डाली बिच अडेको छु झर्न नसकेर
आँकुरामै मरेको छु सर्न नसकेर !!

हुतिहारा समाजको म नी हुतिहारा
लाज पचाइ आएको छु मर्न नसकेर !!

खोलापारी मेरी माया खोला वारी म छु
टुलुटुलु हेरी बस्छु तर्न नसकेर !!

जती हाल्छु उती चुन्छ खुशी हरु मेरा
अझै झोली खालि नै छ भर्न नसकेर !!

दु:ख भित्र रुमलिदै हाँस्छु घरी घरी
पीडा हरु थाँती नै छ हर्न नसकेर !!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: