Pages

Saturday, June 16, 2012

गजल ५२


आँशु पिउदै बाँचेको थे सर्कायौ तिमीले 
थेन कसुर बिना अर्थ थर्कायौ तिमीले !!


भर्खर जरा हाल्दै थियो कलिलै थ्यो मायाँ 
सर्न नपाइ आँकुरा मै मर्कायौ तिमीले !!



जस्तो मुहार थियो उस्तै देखायो ऐनाले 
आफै कुरूप ऐनामा देख्दा चर्कायौ तिमीले!!


कसम खाइ मिलेर आफै साटेको रुमाल 
माँयाको चिनो संम्झेर नासो फर्कायौ तिमीले!!


झरेर आँशु आँखा अझै भएन ओभानो 
श्रावण भदौ बनेर आँशु दर्कायौ तिमीले!!


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: