Pages

Wednesday, June 13, 2012

गजल ५१

मेरा सारा बलिदान समर्पण तिमीलाई 
तन मन जिउ ज्यान थ्यो अर्पण तिमीलाई!!

बार्दलिमा उभिएर गर्थ्यौ तिमी कोरी बाटी
उपहार बोकी ल्याए थे दर्पण तिमीलाई!! 

अँधेरिमा चम्किन्छौ रे हिरा मोती रत्न जोडी
बनाए थे मैले आँफै
आकर्सण तिमीलाई!! 



विश्वासमा घात गरी मरी सक्यौ मेरो निम्ती
तिलान्जली समाइ दिदै छु तर्पण तिमीलाई!

तिम्रै सामु मरे भने यसै भित्र हाली मेरो
मृत लास फ्याकी दिनु यो
खर्पण तिमीलाई !

जीतु खड्का 
मोरङ उर्लाबारी


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: