Pages

Saturday, June 02, 2012

ब्याङ

संबिधानको मेरो भैंसी 
नब्याउने नै भयो 
राँगा हरु सिङ जुधाउदै छन 
पुच्छर उचाल्दैछन 
कसरी ब्याउथ्यो भैंसीले पाडो??
राँगा नै नपुङ्सक परेपछी 
गोठालाले सुइ सुइ गर्छ 
ल्या ल्या गर्छ 
रागो बुरुक्क उफ्रेर 
भैंसीको छेउमा पुगेर 

तठस्थ बस्छ
अत्याचार नै गर्‍यो संबिधानको रागोले
संबिधानको भैंसीमाथि
१३ पल्ट तठस्थ बसे पछी
बिचरा भैंसीले नि के गाह्रोस ????
जसो तसो यो पल्ट चै
सामुहिक रागो लगाएर
गोठालाले काध हालेर
उकालेका थिए भैंसी माथि
जसो तसो भर्ना हुन लागेको थ्यो
गुजराती भैंसीको बथानले हाम्रै जातको
गुजराती पाडो पाए
स्विकारीन्छ
सरी र दोगला
हामीलाई मान्य हुने छैन
भन्दै सिगौरी खेल्दै
गोठै भात्काउन लागेका थिए
कठै मेरो संबिधानको भैंसी
गर्बमै तुहुला जस्तो छ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: