Pages

Saturday, June 02, 2012

गजल ४२ +1


जातिय बिषादी घोलेर मतायौ जगत 
भाषण ज्याजती बोलेर ततायौ रगत !!


गरीब जनता रुदै छ पुर्पुरो समाइ 
बन्दको मसला मोलेर सतायौ फगत!!


जनता पागल संम्झेर देखायौ नाटक 
लाएको कपडा खोलेर बतायौ गलत!!



झुटको खेती पो मौलायो अचानक बेस्सरी 
स्वार्थमा मित्रता तोलेर बसायौ संगत !!


मान्छेको मन त्यो खरानी बनायौ तिमीले 
जलाई मसाल पोलेर मसायौ मन त !!



जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: