Pages

Sunday, July 01, 2012

गजल ६०


दिन हप्ता वर्ष गर्दै ढल्यो जिन्दगी यो 
अभाबको चिता माथि जल्यो जिन्दगी यो!!


माया रुपी संसारमा मोह आफन्तको 
नानि छोरा बाउ हुदै चल्यो जिन्दगी यो!!


सुख खोज्ने बाहानामा हिने भौतारिदै 
दु:ख भित्र स्वास लिदै गल्यो जिन्दगी यो!!



भिर माथि फलेको त्यो चिन्डो जस्तै गरी 
अफ्ट्यारोमा झुन्डिएर फल्यो जिन्दगी यो!!


बसन्तका तिसौ याम बिते रमाइलोमा 
हाँस खेल ठट्टा गर्दै टल्यो जिन्दगी यो !!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: